८० किलो गाँजासहित दुई जना पक्राउ


१४ असार २०७८, सोमबार
Gaaja1624879063

जनकपुरधाम, १४ असार । सर्लाहीको लालबन्दी नगरपालिका–१५ तीनतले झल्ला चौडीबाट ८० किलो प्रतिवन्धित लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र प्रहरी चौकी परवानीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार ८० किलो गाँजासहित दुई जना लाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–१२ का ३३ वर्षीय आइतसिंह स्याङतान र सोही ठाउँका ५४ वर्षीय मानबहादुर स्याङतान छन् । विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले उत्तरी चुरेक्षेत्रस्थित फूलजोर खोलाको किनारमा पर्ने झल्ला चौडीबाट प्याकिङ गरी बोराभित्र हालेर ल्याउँदै गरेको अवस्थामा गाँजा बरामद गरेको हो ।

दुवै जनालाई अहिले ईलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको लालबन्दी प्रहरीका प्रमुख एवम् प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए । लालबन्दी प्रहरीले यस आर्थिक वर्षमा २५० किलो गाँजा बरामद गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७