२०७८ असार १५ गते मंगलबारको तपाईको राशिफल

प्रिती तैतुला शतभिषा, दहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस


१५ असार २०७८, मंगलवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मन प्रसन्न रहने र स्वादिष्ट परिकरको अवसर जुर्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । परिश्रम अनुसार राम्रै प्रतिफल प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
रमणीय र सुखद् यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । मनमा सहयोग भाव आउला । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । शुभ कार्य र नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । परिवारमा सुख सन्तोष छाउला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज गरेको कार्यमा सफलता मिल्ने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक र सांस्कृतिक कार्यमा मन जानेछ । अरुलाई प्रभावित पारेर काम बन्ने र धनागम हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ, तर क्रोध भाव बढ्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । शेयर बजारको कारोबारमा मन्दी आउने र कार्यमा व्यवधान आइपर्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज प्रणय सम्बन्ध कसिलो हुने समय रहेको छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । दिनको उत्तरार्धमा अनावश्यक खर्च बढ्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज लाभ–हानी, आय–व्यय, सुख–दुःख बराबरी मध्यम खालको दिन छ । ठूलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । धार्मिक यात्रा हुनसक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ । अधुरो व्यावसायिक काम अगाडि बढ्न सक्छ, तर शेयर बजारको कारोबारमा मन्दी आउला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झिनु पर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७