कार कल्भर्टबाट खोलामा खस्दा त्रिवि सहप्राध्यापक शंकर भण्डारीको गयो ज्यान


१६ असार २०७८, बुधबार
c497de6daa15bb67acba39ba7ebb9b20 w1000 h500 cp
?????????????????????????????????????????????????????????

रुपन्देही, १६ असार । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा.शंकर भण्डारीको रुपन्देहीमा भएको कार दुर्घटनामा ज्यान गएको छ । देवदह नगरपालिका–१० चरंगेमा मंगलबार साँझ बा १७ च ६०६६ नम्बरको कार दुर्घटना हुँदा भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

भण्डारी आफैले चलाएको कार चरंगेबाट बुटवलतर्फ आउने क्रममा चरंगे खोलाको कल्भर्टबाट खोलामा खस्दा दुर्घटना भएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीलाई प्रहरीले उपचारको लागि बुटवलको रामनगरस्थित गौतमबुद्ध मुटु अस्पतालमा पु¥याइएको थियो । अस्पताल नपुग्दै भण्डारीको मृत्यु भइसकेको चिकित्सकले बताएका छन् । कारमा भण्डारीसहित तीन जना सवार थिए । बाँकी दुई जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । गुल्मीको छत्रकोट गाउँपालिका–१ निवासी ५२ वर्षीय भण्डारी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीका भाइ हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७