डाइभर्सन बगाएपछि बुटवल–बर्दघाट सडक अवरूद्ध


१६ असार २०७८, बुधबार
thumb 045edef1420fc90d 1032 1 590x443 1

नवलपरासी, १६ असार । अविरल वर्षापछि आएको बाढीले डाइभर्सन बगाएपछि पूर्व–पश्चिम राजमार्गको बुटवल–बर्दघाट सडकखण्ड अवरूद्ध भएको छ ।

गए राति आएको बाढीले नवलपरासीको सुनवल नगरपालिका–१३ बडेरास्थित डाइभर्सन बगाएको हो । कल्भर्ट निर्माणका लागि बनाइएको डाइभर्सन नै बगाएपछि बुधबार बिहान साढे ४ बजेदेखि नै बुटवल–बर्दघाट सडकखण्ड अवरूद्ध रहेको प्रहरीले जानकारी दिएको छ । अहिले पनि पानी परिरहेकोले डाइभर्सन मर्मत गरी सडक सुचालु गर्न समय लाग्ने प्रहरीको भनाइ छ ।

यस्तै तनहुँको म्याग्देस्थित थर्पुमा पहिरो खसेपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग केहीबेर अगाडि खुलेको छ । लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको थियो । इलाका प्रहरी कार्यालय थर्पुका अनुसार पहिरो पन्छाएर फसेको गाडीसमेत निकालेपछि सडक खुलेको छ ।

यसैगरी पोखरा–बागलुङ सडकखण्ड अन्तर्गत पर्वतको कुश्मा–१ सहर्षधारामा मंगलबार बिहान २ बजे खसेको पहिरो पन्छाएपछि बिहान ६ बजेदेखि सडक खुलेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७