यी जिल्लामा छ बाढीको जोखिम, तीन दिन विशेष सावधानी अपनाउन आग्रह


१६ असार २०७८, बुधबार
duban
फाइल फोटो

काठमाडौं, १६ असार । नेपालमा मनसुन फेरि सक्रिय भएको छ । जसका कारण आज देशका धेरैजसो भू–भागमा विहानैदेखि बर्षा भइरहेको मौसमविदले बताएका छन् ।

आज देशका पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । विहानैदेखिको वर्षाका कारण आज (बुधबार) पूर्वी राप्ती, कमला, वाग्मती र कन्काई जलाधारका केही सहायक नदीहरुमा मध्यमदेखि भारी वर्षा भई पानीको बहाव उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।

तमोर, भोटेकोशी, सुनकोशीलगायत कोशीका सहायक नदीहरुसहित त्रिशूली, बूढीगण्डकी, कालीगण्डकी, माब्दीलगायत नारायणीका सहायक नदीहरुमा पनि बहाव उल्लेख्य बढ्ने जनाइएको छ । केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज इलाम, झापा, मोरङ, सुनसरी, पाँचथर, उदयपुर, धनकुटा, भोजपुर, तेह्रथुम, ओखलढुंगा, ताप्लेजुङ संखुवासभा, सोलुखुम्बु, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, काठमाडौं, धादिङ, मकवानपुर, चितवन, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, काभ्रेपलाञ्चोक, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, कास्की, बागलुङ, नवलपुर, नवलपरासी, दाङ, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा र आसपास जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव केही बढ्नेछ । केहीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।

आजदेखि यही असार १९ गतेसम्म तमोर, भोटेकोशी, सुनकोशीलगायत कोशी नदीका सहायक नदीहरु र त्रिशूली, बूढीगण्डकी, कालीगण्डकी, मादीलगायत नारायणीका सहायक नदीहरूलगायतमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रहेकोले विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
हेर्नुस् सूचना

321f45d6 c07b 47bb a401 b024107b527e

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७