चार प्रदेशमा भारी वर्षाकाे सम्भावना, होशियारी अपनाउन आग्रह


२० असार २०७८, आईतवार
raining

काठमाडौं, २० असार । नेपालमा मनसुनी प्रभाव कायमै रहेको मौसमविदले बताएका छन् । आज (आइतबार० बिहान प्रदेश– १, प्रदेश–२, वागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, प्रदेश–२, वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पोखरेल बताउँछिन् ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश–१, प्रदेश–२, वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविद् पोखरेल बताउँछिन् ।

वर्षाको सम्भावना रहेका प्रदेशहरुको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागले अनुरोध गरेको छ । दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागको आग्रह छ ।

यद्यपि, अघिल्ला दिनहरुको तुलनामा केही कम वर्षा हुने जनाइएको छ । ‘तुलनात्मक रुपमा अघिल्ला दिनहरुभन्दा अबका केही दिन कम वर्षा हुने छ । तर, यसको अर्थ वर्षा नै नहुने भन्ने होइन’, मौसमविद् विभूति पोखरेल भन्छिन्, ‘केही ठाँउमा भने अचानक भारी वर्षा पनि हुने सम्भावना रहन्छ । सामान्य र मध्यम वर्षा भने हुने नै छ ।’

अघिल्लो हप्ता देशका धेरै स्थानमा अति भारी वर्षा भएको थियो । जसका कारण पहिलो तथा बाढी आएको थियो । पहिरोले जनधनको क्षति पुर्याएको थियो । राजमार्गहरुमा पहिरो जाँदा सवारी आवगाम प्रभावित भएको थियो । अझै कतिपय सडक अबरुद्ध नै छन् ।

उनका अनुसार काठमाडौं उपत्यकामा आगामी तीनदिन भारी वर्षाको सम्भावना न्यून छ । तर, सामान्य न्युन वर्षा भने जुनसुकै बेला हुनेछ । आज काठमाडौं उपत्यकामा अधिकतम तापक्रम २७–२९ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् पोखरेल बताउँछिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७