भक्तपुरको जङ्गलमा एक युवाको शव फेला, पहिचान भएन


२१ असार २०७८, सोमबार
death

काठमाडौं, २१ असार । भक्तपुरको सूर्यविनायकमा एक युवाको वेवारिसे शव फेला परेको छ । आइतबार साँझ सूर्यविनायक नगरपालिका– १ सिरुटार चमेली वनमा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो ।

झण्डै एक साताअघि नै मृत्यु भएको अवस्थामा हरियो ज्याकेट, सुन्तला रंगको हाफप्यान्ट र कालो संगको जुत्ता लगाएको अवस्थामा एक युवाको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दिपक गिरीले जानकारी दिए ।

जङ्गलमा शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्रहरी निरीक्षक पञ्चलाल गोलेको कमाण्डमा खटिएको प्रहरी टोलीले शव पोष्टमार्टका लागि अस्पताल लगेको छ ।

गलिसकेको शव पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट पठाइएको गिरीले बताए । प्रहरीले शवको हुलिया सार्वजनिक गर्दै पहिचानको लागि सहयोग गरिदिन सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७