आज कहाँ–कहाँ छ बाढीको जोखिम ?


२२ असार २०७८, मंगलवार
badhi 3

काठमाडौं, २२ असार । मनसुनी प्रभावका कारण आज (मंगलबार) देशका सात वटै प्रदेशमा बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बर्षाका कारण आज कन्काई जलाधारका स–सना सहायक नदीहरुमा पानीको बहाव केही बढ्ने र केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।

बिहानको मापनानुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सतर्कता तहभन्दा तलै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज इलाम, झापा, मोरङ, पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, संखुवासभा, उदयपुर, मकवानपुर, सिन्धुली, कास्की, स्याङ्जा, नवलपुर, परासी, रुपन्देही, गुल्मी, बर्दिया, डोटी, अछाम, बैतडी, दार्चुला र आसपास जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव केही बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।

कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य रहनेछ । सबैमा बहाव सतर्कता तहभन्दा तलै हुने पूर्वानुमान छ । यस्तै, कमला, वागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबईलगायतमा पनि बहाव सामान्य रहने महाशाखाको पूर्वानुमान छ ।

06July

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७