विदेशमा चिकित्सा शिक्षा स्नातक तह पूरा गरेका विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउने


२३ असार २०७८, बुधबार
doctor min

काठमाडौं, २३ असार । विदेशमा चिकित्सा शिक्षा स्नातक तह पूरा गरेका विद्यार्थीले अब नेपालमै इन्टर्नसिप गर्न पाउने भएका छन् ।
कोरोनाको कारणले पढेकै विश्वविद्यालयमा इन्टर्नसिपको अवधि पूरा गर्ने नपाएका विद्यार्थीहरुको लागि नेपालमै इन्टर्नसिप गर्ने व्यवस्था मिलाइएको हो । सन् २०२० को अप्रिल महिनाको अन्तसम्ममा अन्तिम परीक्षा उत्तीर्ण गरी इन्टर्नसिपको बाँकि रहेका विद्यार्थीले नेपालबाटै बाँकी पढाइ पूरा गर्न पाउने छन् ।

चिकित्सा शिक्षा आयोगको असार २१ को निर्णयअनुसार विदेशमा चिकित्सा शिक्षा पढेका विद्यार्थीको कोरोनाले इन्टर्नसिप पूरा नभएको भए इन्टर्नसिप गर्न इच्छुक विद्यार्थीलाई अनलाइन आवेदन दिन भन्दै सूचना जारी गरेको छ ।

अनलाइन आवेदन असार २४ देखि सुरु हुने र साउन ५ गतेसम्म भरिसक्नुपर्ने सूचनामा उल्लेख छ । स्नातक तहको पढाइ पूरा भएको पत्र वा अन्तिम परीक्षा उत्तीर्ण भएको प्रमाणपत्रलगायत कागजातहरू पेश गर्नुपर्ने हुन्छ । साथै इन्टर्नसिप गर्न चाहेको अस्पतालको स्वीकृति वा अनुमतिपत्र पनि आवश्यक हुन्छ । आयोगले आवेदन शुल्क एक हजार पाँच सय तोकेको छ । आवेदन प्रणाली आयोगको वेवसाइटमा रहेको सूचनामा छ ।

notice doctor

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७