अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्प फेसबुक, ट्वीटर र गुगलविरुद्ध अदालत जाने


२४ असार २०७८, बिहीबार
Trump vs Twitter

काठमाडौं, २४ असार । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुक, ट्वीटर र गुगलविरुद्ध अदालत जाने बताएका छन् ।
ट्रम्पले फेसबुक, ट्वीटर र गुगलविरुद्ध अदालतमा मुद्दा दर्ता गर्ने घोषणा गरेका समाचार एजेन्सी एएफपीले जनाएको हो । उनले गलत तरिकाले आफ्नो आवाज दबाएको भन्दै मुद्दा दर्ता गर्न लागेको बताएका छन् ।

यो वर्षको शुरुवातमा ट्रम्पका समर्थकले हिंसात्मक गतिविधि गर्न थालेपछि फेसबुक र ट्वीटरले उनीमाथि प्रतिबन्ध लगाएको थियो । वासिङ्टनमा रहेको क्यापिटल हिलमा भएको हिंसात्मक घटनाको विषयमा गरेको पोस्टको विषयलाई लिएर सामाजिक सञ्जालहरुले ट्रम्पमाथि प्रतिबन्ध लगाएका हुन् ।

सामाजिक सञ्जालमा ट्रम्पले प्रदर्शनकारीहरुलाई घर फर्किन निर्देशन दिनुभन्दा पहिला ‘आई लभ यू’ भन्ने सन्देश पठाएका थिए । ट्रम्पले राष्ट्रपतीय चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७