बाढीले बनेपा बजारको ‘बेहाल’


२५ असार २०७८, शुक्रबार
Badhi

काभ्रे, २५ असार । काभ्रेको बनेपा बजारमा बाढी पस्दा अरनीको राजमार्ग हुँदै आवतजावत गर्ने सवारी साधन प्रभावित भएका छन् । गाडी डुबाउने भल सडकमा बग्दा सवारी सञ्चालनमा कठिनाई भएको चालकहरुले बताएका छन् ।

213862074 171724461680858 7477917136967969668 n

पुण्यमाता खोलामा आएको बाढी बजारमा पसेको हो । बाढीले हरेक वर्ष बनेपाको पुलबजार क्षेत्र डुबानमा पर्ने गरेको छ । एक हप्ता अगाडि पनि बनेपा बजारमा बाढी पसेको थियो । पछिल्लो दुई सातामा बनेपा बजार तीन पटक डुबेको स्थानीयले जानकारी दिएका छन् ।

banepa duban1625807663

वर्षेनी बजारमा बाढी पसेर क्षति पु¥याउने गरे पनि सरोकारवालाले समस्या समाधानका लागि पहल नगरेको स्थानीयको गुनासो छ । काभ्रे प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले भने, ‘यो सधैंको समस्या हो, सडक अलि माथि नउठाएसम्म यस्तो समस्या आइरहन्छ ।’ तस्बिर स्रोत : क्रान्ति दोङको फेसबुक

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७