भारतमा निर्मित कोभिशिल्ड खोपलाई बेल्जियमले पनि दियो मान्यता


२६ असार २०७८, शनिबार
korona khop 1

नयाँदिल्ली, २६ असार । भारतको सेरम इन्स्टिच्यूट (एसआइआई) द्वारा निर्मित तथा एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयद्वारा विकसित कोभिड–१९ विरूद्धको कोभिशिल्ड खोपलाई बेल्जियमले मान्यता दिएको छ ।

भारतस्थित बेल्जियमको राजदूतावासले शुक्रबार सामाजिक सञ्जालमार्फत् यो जानकारी गराएको हो । ‘अस्ट्रोजेनेकाले बिकास गरेको र सेरम इन्स्टिच्युट अफ इन्डियाले बनाएको तथा कोभ्याक्सले वितरण गरेको कोभिशिल्ड खोपलाई बेल्जियमले मान्यता दिएको छ । बेल्जियमको यो निर्णय खोपको प्रभाबकारितामाथि प्रश्न उठाइरहेका कतिपय एशियाली मुलुकका लागि पनि खोप चयनको महत्वपूर्ण आधार बनेको छ,’ भारतस्थित बेल्जियमको राजदूताबासले सामाजिक सञ्जाल ट्वीटरमार्फत जारी गरेको सन्देशमा भनिएको छ ।

खोपको असमान वितरणका कारण कोभिड–१९ विरूद्धको अभियानमा पछि देखिएका भारत, नेपाल, भुटान, श्रीलंका, माल्दिभ्स, बंगलादेशको लागि बेल्जियमको यो निर्णय महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । यसै हप्ताको सुरूमा नेदरल्याण्ड्सले पनि यात्रीहरूको लागि कोभिशिल्ड खोपलाई अनुमोदन गरेको थियो ।

यसैबीच स्विट्जरल्याण्ड, आइसल्याण्ड र सात ईयू देशहरूले पनि सेरम इन्स्टिच्युटद्वारा निर्मित अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपलाई जुलाई १ मा प्रयोगका लागि अनुमति दिएका थिए । भारतका परराष्ट्र मामिलामन्त्री एस जयशंकरले युरोपेली समूह राष्ट्रहरूलाई कोभिड–१९ खोप प्रयोगका लागि अनुमति दिन पत्राचार गरेको एक दिनपछि खोपले मान्यता पाएको हो ।

विश्वसनीय स्रोतहरूका अनुसार अस्ट्रिया, जर्मनी, स्लोभेनिया, ग्रीस, आइसल्याण्ड, आयरल्याण्ड, इस्टोनिया र स्पेनले कोभिशिल्डलाई यात्रा प्रवेशका लागि स्वीकारेको पुष्टि गरेका छन् । कोभिशिल्डलाई स्केन्जेन राज्य स्वीजरल्याण्डले पनि अनुमति दिइसकेको छ ।
भारत सरकारले इस्टोनियाको यात्राका लागि आधिकारिक सबै खोपहरूलाई मान्यता दिन यो निश्चित गरेको भारतीय अधिकारीले बताएका छन् ।

कोभिशिल्ड र कोभ्याक्सिन लिने व्यक्तिलाई छुट दिन बिचार गर्न भारतले ईयूका सदस्य राष्ट्रहरूलाई अनुरोध गरेको थियो । ईयू डिजिटल कोभिड सर्टिफिकेटको मान्यताका लागि यसले पारस्परिक नीति स्थापना गर्ने बताइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७