करेन्ट लागेर किशोरको गयो ज्यान


२६ असार २०७८, शनिबार
current

रौतहट, २६ असार । रौतहटमा करेन्ट लागेर एक किशोरको ज्यान गएको छ । जिल्लाको राजपुर नगरपालिका–३ का ओसी महमदका १४ वर्षीय छोरा रिजमाद महदको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

रिजमादलाई दाँतले टोकेर पानी चलाउने मोटरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय राजपुरका प्रमुख सई सुरेश गुप्ताले जानकारी दिएका छन । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको ईलाका प्रहरी कार्यालय राजपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७