हेलम्बुमा प्रधानमन्त्रीले भने, ‘चन्द्र शम्सेरले बनाएको झोलुङ्गे पुल बगाएछ दुःख लाग्यो’


२७ असार २०७८, आईतवार
Oli sindhupalchowk1 1

सिन्धुपाल्चोक, २७ असार । मेलम्ची नदीमा असार १ गते आएको बाढी पहिरोले ठुलोजनधनको क्षती भएपछि त्यस क्षेत्रका पीडितहरुका लागि राहात र पुनस्थापनाका प्याकेज लिएर प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बाढी प्रभावित क्षेत्रमा आएका छन् ।

विभागिय मन्त्री र उच्च सरकारी टोली सहित प्रधानमन्त्री केपी शर्मा ओली बाढी गएको २६ दिनपछि हेलम्बु र मेलम्ची क्षेत्रमा आएका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले बाढीले क्षतीग्रस्त निजी घर,पुल,सडक,विद्यालय लगायतका सबै संरचना केन्द्रीय सरकारले नै निर्माण गर्ने र अब वर्षा कम हुन साथ पुनर्निर्माणले गति लिने बताए ।

मेलम्ची नदीमाथि १९८६ सालमा राणा प्रधानमन्त्री चन्द्रशम्सेरले निर्माण गरेका झोलुङ्गे पुल समेत बाढीले बगाएकोमा दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले इतिहास झल्काउने संरचना त्यही अनुसारको पुनर्निर्माण गरिने प्रतिबद्धता जनाए ।

बाढीले क्षतीग्रस्त पुलहरुको बदलामा बेली ब्रीज निर्माणका लागि स्थानीयले आग्रह गरे पनि प्रधानमन्त्री ओलीले भने ‘बेली ब्रिज होइन अब सबै स्थानमा पक्की पुल नै निर्माण गरिने छ ।’ बाढीले क्षतिग्रस्त घर, बिद्यालयलगायत सबै सरचना छिटो निर्माण हुने भन्दै सगै आएका यातायात मन्त्री वसन्त नेम्वाङलाई निर्माण कार्य थाल्न निर्देशन दिएका थिए ।

गत बर्ष गठन गरेको बिपद प्राधिकरण मार्फत तोकिएको मापदण्ड अनुसार यस क्षेत्र का पीडितहरुलाई आवास निर्माण कार्य का लागि रकम प्रदान गरिने प्रधानमन्त्रीले जानकारी दिए । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७