अमेरिकाको क्यालिफोर्निया र नेभाडामा तापक्रम अत्यधिक वृद्धि


२७ असार २०७८, आईतवार
usa

काठमाडौं, २७ असार । अमेरिकामा अत्यधिक गर्मी बढेको छ । अमेरिकी मौसम विभागका अनुसार क्यालिफोर्निया र नेभाडामा तापक्रम उच्च विन्दुमा पुगेको हो । क्यालिफोर्नियाको डेथ भ्यालीमा शुक्रबार तापक्रम ५४ दशमलव ४ डिग्री सेल्सियस पुगेको थियो । शुक्रबार मापन भएको डेथ भ्यालीको तापक्रम सन् २०२० को अगस्टमा मापन भए जस्तै हो । जसलाई पृथ्वीमा मापन भएको अहिलेसम्मको सबैभन्दा उच्च तापक्रम मानिन्छ ।

सन् १९१३ मा अधिकतम तापक्रम ५६ दशमलव ७ डिग्रीसेल्सियस मापन भएको बताइए पनि यसमा विज्ञहरुको एक मत छैन । उच्च गर्मीसँगै अमेरिकाका विभिन्न क्षेत्रमा डढेलो पनि लागेको छ ।

क्यालिफोर्नियासँग सीमा जोडिएको नेभाडामा पनि तापक्रम उच्च बन्दै गएको छ । ढडेलोको समस्या पनि उच्च बनेको छ । अमेरिकाका लाखौं मानिसहरू उच्च गर्मीको समाना गरिरहेका छन् । अमेरिकी मौसम विभागले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई प्रशस्त पानी पिउन आग्रह गरेको छ । साथै, उनीहरूलाई घर भित्र रहन र एसी भएको भवनहरूमा बस्न सल्लाह दिइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७