सर्वोच्चद्वारा संसद पुनर्स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश


२८ असार २०७८, सोमबार
sarbochha

काठमाडौं, २८ असार । प्रतिनिधिसभा पुनः पुनःस्थापना भएको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपल्ट विघटन गरेको संसद् फेरि ब्युँताई दिएको हो ।

अहिले सर्वोच्च अदालतमा संसद् विघटनसम्बन्धी परेको रिटको फैसला अहिले न्यायाधीश ईश्वर खतिवडाले सुनाइरहेका छन् ।
यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले रिट निवेदकको माग बमोजिमको फैसला आएको बताएका थिए ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेको छ। अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले निवेदकको मागबमोजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गरेको छ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले दोस्रोपटक जेठ ७ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७