४१ महिनापछि सिंहदरबारबाट यसरी बाहिरिए ओली (तस्बिरहरू)


प्रकाशित मिति : July 13, 2021

काठमाडौं, २९ असार । प्रधानमन्त्रीका रूपमा ४१ महिना काम गरेका केपी शर्मा ओली सर्वोच्चको आदेशपछि पदमुक्त भएका छन् । आज (मंगलबार) ओलीले प्रधानमन्त्रीका रूपमा विदाइ सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा उनले आफू नेतृत्वको सरकार ऐतिहासिक रूपमा सफल भएको दाबी गरेका थिए । ओली २०७४ फागुन ३ गते प्रधानमन्त्रीका रूपमा सिंहदरबार प्रवेश गरेका थिए ।

ओलीले आज सिंहदरबारबाट विदाइ हुँदै गर्दा बाहिर एक घण्टा विताएका थिए । उनले सूर्यमा बादल मात्र लागेको र बादल फाटेपछि फेरि सूर्य उदाउने सम्वोधनका क्रममा बताएका थिए । तस्विरहरु : प्रदीपराज वन्त

प्रतिक्रिया दिनुहोस्