मलेसियामा कोरोना महामारी : दैनिक मृतकको संख्या फेरि उच्च


३ श्रावण २०७८, आईतवार

काठमाडौं, ३ साउन । मलेसियामा कोरोना भाइरसका कारण दैनिक मृत्यु हुनेको संख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा मलेसियामा १३८ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै मलेसियामा कोरोनाका कारण मृत्यु भएकाहरुको कूल संख्या छ हजार ८६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका महानिर्देशक नुर हिशाम अब्दुल्लाहले एक दिनमा १२ हजार ५२८ नयाँ सङ्क्रमित थपिएको पनि जानकारी दिए । मलेसियामा अहिलेसम्म कूल सङ्क्रमितको संख्या भने नौ लाख पाँच हजार ८५१ पुगेको पनि उनले बताए । उनका अनुसार मलेसियामा एक लाख १९ हजार ८१४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । तीमध्ये केही गम्भीर अवस्थामा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७