आज यी नदीमा छ बाढीको खतरा, सतर्क रहन आग्रह


४ श्रावण २०७८, सोमबार
badhi 3

काठमाडौं, ४ साउन । मनसुन सक्रिय भएका कारण आज (सोमबार) देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

आज देशका पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी बर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् । मनसुन सक्रिय हुँदा वर्षाका कारण खोला, खहरे, नाला तथा नदीमा पानीको बहाव बढ्ने क्रम जारी छ । आज पनि देशका विभिन्न क्षेत्रमा नदीमा पानीको बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज महाकाली, कर्णाली, नारायणी, कोशी नदीमा पानीको वहाब बढ्ने छ । सहायक नदीहरु भेरी, मर्स्यााङ्दी, बुढीगण्डकी, त्रिशुली, सुनकोशी, भोटेकोशी, तामाकोशीलगायत तिनाउ, बबई जलाधारका सहायक नदीहरुमा बहाव पनि पानीको मात्रा बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेको विभागले जनाएको छ ।

विभागले तटीय क्षेत्रहरू तथा डुवान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै विभागले हाल सप्तरीको बर्मजिया र आसपास पछिल्लो तीन घण्टामा भारी वर्षामापन भएकाले माउली खोलालगायत अन्य साना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भन्दै दिउँसोसम्मै सतर्क रहन अनुरोध गरेको छ ।

यस्तो छ बाढी पूर्वानुमान

badi

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७