पेस्तोलसहित तीन जना पक्राउ


४ श्रावण २०७८, सोमबार
pestol
प्रतिकात्मक तस्विर

रौतहट, ४ साउन । रौतहटको मौलापुर नगरपालिका–५ स्थित कलैया सडक खण्डबाट प्रहरीले पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक २४ वर्षीय देवेन्द्र यादवसहित ३ जना छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको टोलीले उनीहरुको साथबाट १ थान सिक्सर पेस्तोल बरामद गरेको छ । भारतीय नम्बर प्लेटको दुई वटा मोटरसाइकलमा सवारी उनीहरुलाई चेकजाँच गर्दा बिहारको मोतिहारी जिल्ला घर भएका देवेन्द्रको साथमा पेस्तोल फेला परेको रौतहट प्रहरीले जनाएको छ । तीनै जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७