कैलालीबाट खैरो हेरोइनसहित युवक पक्राउ


४ श्रावण २०७८, सोमबार
pakrau
फाइल फोटो

कैलाली, ४ साउन । कैलालीको टिकापुर नगरपालिका–७ कालाकुण्डबाट प्रहरीले लागुऔषध ‘खैरो हेरोइन’ सहित एकजना युवकलाई पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–१० बस्ने २४ वर्षीय हिरासिंह चौधरीलाई आइतबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

से.४प ४३४५ नम्बरको मोटरसाइकलमा सवार चौधरीको साथबाट प्रहरीले ५ ग्राम ७ सय २० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । आरोपीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७