देउवा र मोदीबीच फोनवार्ता, खोप चाँडै उपलब्ध हुने विश्वास


४ श्रावण २०७८, सोमबार
modi and deuba 644aGOOITH

काठमाडौं, ४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ । फोनवार्तामा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवालाई बधाई दिंदै दुई मुलुकबीचको आपसी हित र समझदारीमा कुरा भएको परराष्ट्र मन्त्रालयले ट्वीटमार्फत जानकारी दिएको छ ।

फोनवार्तामा भारत र नेपालबीच कोरोनाविरुद्धको लडाईंमा पनि सहकार्य गर्ने विषयमा कुरा भएको मोदीले आफ्नो ट्वीटमा भनेका छन् । नेपालको परराष्ट्र मन्त्रालयले भने फोनवार्तामा मोदीले नेपाललाई कोरोनाविरुद्धक खोप समेत चाँडै उपलब्ध गराउने विश्वास दिलाएको दाबी गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७