टहरोमा श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ


४ श्रावण २०७८, सोमबार
pakrau
फाइल फोटो

झापा, ४ साउन । झापाको गौरादह नगरपालिका–१ मा पाँच दिनअघि श्रीमतीको हत्या गरी फरार अभियुक्त सजिलाल रिख्यासनलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई आज बिहान मोरङको रङगेली नगरपालिका–९ स्थित सखुवाथानमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनले गत असार ३१ गते राति ३४ वर्षीया श्रीमती संगीता टुटुलाई खेत नजिकै रहेको टहरामा लगि निर्मतापूर्वक कुटपिट गरी हत्या गरेका थिए ।

श्रीमतीको हत्या गरी फरार रहेका सजिलाललाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७