जापान पठाई दिने भन्दै ३९ लाख ठगी, तीन महिलासहित चार जना पक्राउ


४ श्रावण २०७८, सोमबार
pakrau
सांकेतिक तस्विर

काठमाडौं, ४ साउन । जापान पठाई दिने भन्दै ठगी गरेको आरोपमा तीन महिलासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली फेसबुक खाता खोली आफूलाई जापानको इमिग्रेसनमको आधिकारीका रुपमा चिनाइ विभिन्न व्यक्तिहरुसँग रकम उठाएर ठगी गर्ने कार्यमा संलग्न मकवानपुरकी शुभद्रा परियार, इलामकी पूजा राई, भक्तपुरकी दीपिका केसी र सिन्धुपाल्चोकका राजेन्द्र ढकाललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

फेसबुकमार्फत पीडितलाई सम्पर्क गरेर उनीहरुले वर्किङ भिसाको प्रक्रियाका लागि रकम पठाउनु पर्छ भन्दै विभिन्न बैंकको खातामा ३९ लाख ६८ हजार ९९६ रुपैयाँ डिपोजिट गर्न लगाएको खुल्न आएको महाशाखाका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।

तर रकम पाएपछि सम्पर्कबिहीन भएपछि पीडितहरु महाशाखामा उजुरी बोकेर पुगेका थिए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७