एमाले अध्यक्ष ओलीसँग विप्लवको भेट, तीन बुँदे सहमति कार्यान्वयन नभएको गुनासो


५ श्रावण २०७८, मंगलवार
Biplav

काठमाडौं, ५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ ।
उनीहरुबीच मंगलबार बिहान भक्तपुरको बालकोटस्थित ओली निवासमा भेटवार्ता भएको हो । महासचिव विप्लवले तस्बिर ट्वीटरमा शेयर गर्दै भेटवार्ताका बारेमा जानकारी दिएका छन् ।

भेटमा विप्लवले सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल गरेका थिए । ओलीसँग ३ उक्त सहमति कार्यान्वयन नभएको गुनासो गरेका थिए । भेटमा खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बस्तो र राजन भट्टराई पनि सहभागी थिए । विप्लवले पछिल्लो क्रममा राजनीतिक भेटवार्तालाई तीब्र बनाएका छन् । ‘नेकपा एमाले अध्यक्ष केपी ओलीसँग राजनीतिक छलफल,’ उनले लेखेका छन् ।

विप्लवले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँगै मोहन वैद्य ‘किरण’ लगायतका नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७