भिसाका कारण सन्दीपले गुमाए ‘दी हन्ड्रेड’ क्रिकेट प्रतियोगिता


५ श्रावण २०७८, मंगलवार
sandeep
फाइल फोटो

काठमाडौं, ५ साउन । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इङल्याण्डको क्रिकेट लिग ‘दी हन्ड्रेड’ खेल्न नपाउने भएका छन् ।
इङल्याण्ड क्रिकेट बोर्डले आफ्नो भिसालाई मान्यता नदिएको र देश छाड्न आग्रह गरेको सन्दीपले फेसबुकमा लेखेका छन् ।

आफूले इङल्याण्ड क्रिकेट बोर्ड ईसीबीकै सल्लाहअनुसार टायर ५ भिसाको लागि निवेदन दिएको उनको भनाइ छ । उनी भन्छन्, ‘मैले ईसीबीकै निर्देशनअनुसार टायर ५ भिसाको लागि निवेदन दिएको हुँ । त्यसबेला भाइटालिटी ब्लास्ट र द हन्ड्रेड प्रतियोगिताको लागि यस भिसाले काम गर्ने बताइएको थियो ।’

इङल्याण्ड तथा वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने प्रतियोगितामा सन्दीप ओभल इन्भिन्सिबल्समा अनुबन्ध भएका थिए । प्रतियोगिता बिहीबारदेखि शुरु हुँदैछ । प्रतियोगिताका लागि सन्दीपले झण्डै ६० हजार पाउण्ड (१ करोड नेपाली रुपैयाँ) मा अनुबन्ध भएका थिए ।
सन्दीप आज वा भोलिमा नेपाल फर्कने उनका म्यानेजर रमन शिवाकोटीले बताए । ‘त्यसका लागि टिकट मिलाउन प्रयास गर्दैछौँ’ उनले भने ।

हेर्नुहोस् सन्दीपको फेसबुक स्टाटस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७