बाँदरे भेषमा केपी ओलीका समर्थक , किने बने बाँदर ?

अरुलाई बाँदरे देखाउन बने आफैँ बाँदर


५ श्रावण २०७८, मंगलवार
money type

काठमाडौं, ५ साउन । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थक राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ताहरु बाँदरको भेषमा सडकमा निस्किएका छन् । उनीहरुले मंगलबार दिउँसाे बाँदरको अनुहारको मखुन्डो लगाएर सडक प्रदर्शन गरेका हुन् ।

उनीहरुले एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल सहित २२ जना सांसदले फ्लोर क्रस गरेको विरोधमा उक्त जुलुस निकालेकाे हुन् । युथ फोर्सका अध्यक्ष क्षितिज थेबले पछिल्लो समयमा नेपाली राजनीति र नेकपा एमालेमा देखिएको बाँदरे प्रवृत्ति बिरुद्ध व्यंग्यात्मक बाँदरे जुलुस निकालेकाे बताएका छन् ।

प्रधानमन्त्री देउवालाई पार्टीका ह्वीप विपरित नेपाल पक्षका १४ सांसद र केपी ओली पक्षका ८ सांसदसहित २२ जनाले विश्वासको मत दिएका थिए ।

सर्वोच्च अदातलले संविधानको धारा ७६(५)को व्याख्या गर्दे प्रधानमन्त्रीमा काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको थियो । प्रधानमन्त्री देउवाले पुनस्थापित प्रतिनिधिसभाको पहिलो दिनकै बैठकमा विश्वासको मत लिएको थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७