देउवालाई ओली पक्षकै ८ सांसदले दिए मत, नेपाल पक्ष १० ले दिएन


४ श्रावण २०७८, सोमबार
kp oli madhav nepal
फाइल फोटो

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेर बहादुर देउवालाईं नेकपा एमालेको २४ सांसद विश्वासको मत दिएका छन् । एमाले संसदीय दलको बैठकले सांसदहरुलाई देउवाको विपक्षमा उभिन ह्विप जारी गरेको थियो । तर, ओली पक्ष आठ सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिए ।

यस्तै माधव नेपालका पक्षका सांसद देउवालाई विश्वासको मत दिने अपेक्षा गरिएपछि तटस्थ बसे । नेपाल पक्षको सांसदहरु जनता समाजवादी पार्टीका महन्थ पक्षले पनि विश्वासको मत दिने पछि भवनमा बैठक बसेर केही सांसद तटस्थ बसेका हुन् ।

आइतबार राति प्रतिनिधि सभामा मतदानमा विश्वासको मत दिनेहरुमा केपी ओली सरकारमा वन मन्त्री भएका प्रेम ओल पनि थिए । उनीसँगै कृष्णकुमार श्रेष्ठ किसान, हिरा केसी, पार्वती विसंखे, कलिला खातुन, समिमा हुसेन, धनबहादुर बुढा, किसान श्रेष्ठ र विनादेवी बुढाथोकीले देउवाको पक्षमा मत दिए ।

सर्वोच्च अदालतमा देउवाको पक्षमा हस्ताक्षर बुझाउनेमा माधव नेपाल पक्षका २३ सांसद थिए । यी मध्ये झलनाथ खनाल दिल्लीमा उपचाररत छन् । नेपाल पक्षका बाँकी २२ मध्ये माधव नेपालसहित १४ जनाले देउवाको पक्षमा मतदान गरे ।

माधव पक्षका विरोध खतिवडा, जीवनराम श्रेष्ठ,कृष्णलाल महर्जन, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का,लक्ष्मी चौधरी, माधव नेपाल, रामकुमारी झाँक्री, भवानी प्रसाद खापुङ, पवित्रा निरौला र मुकुन्द न्यौपाने विश्वासको मत दिए । १० सांसद तटस्थ बसे । झपट रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, गोकर्ण बिष्ट, राजबहादुर बुढा सांसदहरू संसद भवनबाट निस्किएका थिए । भने भीम राउवले त्यसअघि नै सांसद पदबाट राजिनामा दिने घोषणा गरेका थिए ।

प्रतिनिधि सभामा नेकपा एमालेका कुल १२१ सांसद रहेका छन् । तीमध्ये ३३ सांसद अध्यक्ष ओलीको विपक्षमा उभिएका छन् । देउवाको पक्षमा भोट हाल्ने माधव समुहका १४, ओली समुहका ८, तटस्थ १० र झलनाथ खनालसमेत जोड्दा ३३ पुग्छ ।

देउवालाई विश्वासको मत दिनेहरू एमाले सांसद
माधवकुमार नेपाल
भवानी खापुङ
मुकुन्द न्यौपाने
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
कल्याणी खड्का
मेटमणि चौधरी
पार्वती विशुंखे
हिरा केसी
कृष्णकुमार श्रेष्ठ किसान
गोपाल बम
प्रेमबहादुर आले
लक्ष्मी चौधरी
निरादेवी जैरू
रामकुमारी झाँक्री
धनबहादुर बुढा
विना बुढाथोकी
सरला यादव
पुष्पाकुमारी कर्ण
कलिला खातुन
सविना हुसेन र
कृष्णलाल महर्जन

देउवाको पक्षमा मतदान गर्ने ओलीका सांसद
प्रेम आले
हिरा केसी
पार्वती विसंखे
कलिला खातुन
समिमा हुसेन
धनबहादुर बुढा
किसान श्रेष्ठ
विनादेवी बुढाथोकी

देउवालाई मतदान गर्ने माधव पक्षका सांसद
माधव नेपाल
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
कृष्णलाल महर्जन
निरादेवि जैरू
सरला यादव
कल्याणी खड्का
लक्ष्मी चौधरी
रामकुमारी झाँक्री
भवानी प्रसाद खापुङ
पवित्रा निरौला
मुकुन्द न्यौपाने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७