झलनाथ खनालको उपचारका लागि ३० लाख निकासा


७ श्रावण २०७८, बिहीबार
jhalanath hospital aehdWw98Qz

काठमाडौं, ७ साउन । सरकारले पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई उपचारका लागि ३० लाख रुपैयाँ बजेट निकासा गरेको छ । अर्थ मन्त्रालयले मन्त्रिपरिषदको निर्णयअनुसार उपचार खर्च निकासा गरेको हो ।

अर्थ मन्त्रालय बजेट महाशाखाका एक अधिकारीले मन्त्रिपरिषदको निर्णयअनुसार बजेट निकासा भएको बताए । मन्त्रिपरिषदले निर्णय गरेपछि रकम निकासाको प्रक्रिया शुरु भएको ती अधिकारीको भनाइ छ ।

पूर्व प्रधानमन्त्री खनाल हाल भारतमा उपचार गराइरहेका छन् । तत्कालीन केपी ओली सरकारको मन्त्रिपरिषद बैठकले उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो । सरकार परिवर्तनपछि हालका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि फोनमार्फत स्वयं खनाललाई खर्च सरकारले व्यहोर्ने भन्दै ढुक्कसँग उपचार गर्न भनेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७