‘बाँदरे’ जुलुस निकालेर कोरोनाको रोपाइँ गरिंदैछ : सांसद बिडारी


७ श्रावण २०७८, बिहीबार
ram narayan bidari scaled
/fli6«o;efsf] a}7s sf7df8f}F, ( c;f/M ;+3Lo ;+;b ejg gofF afg]Zj/df dªunaf/ a;]sf] /fli6«o;efsf] ljz]if ;dodf af]Nb} ;f+;b /fdgf/fo0f la8f/L . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं, ७ साउन । राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले विपक्षी नेकपा एमालेले कोरोना फैलाउन लागेको आरोप लगाएका छन् ।
बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सडक प्रदर्शनमार्फत एमालेले कोरोना फैलाउन खोजेको आरोप लगाएका हुन् । ‘अहिले पनि बाँदरे जुलुस, विभिन्न जुलुस गर्दै कोरोनाको रोपाइँ गर्दैछ, उसलाई मज्जा छ,’ उनले भने ।

सरकारविरुद्ध केही दिनयता नेकपा एमालेको युवा संगठनले सडक प्रदर्शनलाई तीव्र पारेका छन् । त्यसतर्फ लक्षित गर्दै सांसद बिडारीले यसले कोरोना फैलाउने टिप्पणी गरेका हुन् । कहिले रत्नपार्कमा, कहिले माइतीघरमा, कहिले बालुवाटारदेखि बालकोटसम्म र्‍याली गर्‍या छ,’ उनले भने, ‘कोरोनाको रोपाइँ यसरी अगाडि बढिरहेको छ ।’ सांसद बिडारीले ओली नेतृत्वको सरकार पद, आश्वासन र पैसाले चलेको आरोप समेत लगाएका छन् ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७