लामो दूरीका सार्वजनिक यातायात चल्न दिने निर्णय


८ श्रावण २०७८, शुक्रबार
bus

काठमाडौं, ८ साउन । जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामो दूरीका सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको छ । आज (शुक्रबार) एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो जानकारी दिएको हो ।

निषेधाज्ञाका कारण लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो । कोरोना महामारीका कारण रोकिएका परीक्षा सञ्चालन गर्दा विद्यार्थीलाई समस्या पर्ने देखिएकाले यस्तो व्यवस्था गर्न लागिएको विज्ञप्तिमार्फत जनाइएको छ । मंगलबार गृह मन्त्रालयले परीक्षा दिने विद्यार्थीका लागि लामो दूरीका सार्वजनिक यातायातलाई सहजीकरण गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७