४० लाख रुपैयाँसहित एक जना पक्राउ


९ श्रावण २०७८, शनिबार
arrested yOCRkwzppT

काठमाडौं, ९ साउन । झापामा स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । झापा गाउँपालिका २ बेलाइतीबारीका गौरी मण्डललाई भारतबाट लुकाएर ल्याउँदै गरेको ४० लाख ३७ हजार रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले बोकेको पैसाको स्रोत नखुलेको प्रहरीको भनाइ छ । पक्राउ परेका मण्डललाई थप कारबाहीको लागि भद्रपुर भन्सारमा पठाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७