प्रधानमन्त्री पत्नी आरजुका व्यवसायिक साझेदार उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त


११ श्रावण २०७८, सोमबार
Umesh shrestha minister

काठमाडौं, ११ साउन । झण्डै ५० करोड लगानी गरेर यही वर्षदेखि हस्पिटल चेन बनाउने अभियानमा लागेका व्यवसायी उमेश श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीको जिम्मा दिएका छन् ।

कांग्रेसका समानुपातिक सांसद श्रेष्ठ प्रधानमन्त्री आरजु देउवाका व्यवसायिक साझेदार पनि हुन् । श्रेष्ठले पछिल्लो समय स्वास्थ्य श्रेत्रमा लगानी बढाएका थिए । यो आर्थिक वर्षमा मात्रै ५० करोड लगानी गरेर कम्चीमा पाँच अस्पताल बनाउने योजना उनले अघि सारेका थिए ।

कोरोना महामारीका बेला नतिजा आउने काम गर्ने मान्छेलाई जिम्मेवारी दिनुको साटो स्वास्थ्यमै करोडौं लगानी गरेका व्यवसायीलाई स्वार्थ बाझिने गरी मन्त्री बनाएको भन्दै पार्टीभित्र र सामाजिक सञ्जालमा प्रधानमन्त्री देउवाको चर्को आलोचना भएको छ ।

जनमैत्री फाउण्डेसनले सञ्चालन गरेको जनमैत्री अस्पताल, महेन्द्रनारायण निधि मेमोरियल सामुदायिक अस्पताल, चितवनमा निर्माणाधिन न्युटन क्यान्सर अस्पताललगायतमा श्रेष्ठको लगानी छ । शिक्षा, हाइड्रो, रियल स्टेट, होटल व्यवसायलगायतमा पनि श्रेष्ठको अर्बौ लगानी छ । लगानी गरेका श्रेत्रमा अधिकांश सेयर भने उनले अरुकै नाममा राख्ने गरेको स्रोतको दाबी छ । प्रधानमन्त्री आरजुसँग पनि उनको शिक्षा श्रेत्रमा व्यवसायिक साझेदारी छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७