महन्थ पक्षलाई घोक्र्याएर हटाएका होइनौं, सच्चिएर आए ठाउँ दिन्छौं : उपेन्द्र यादव


११ श्रावण २०७८, सोमबार
baburam upendra

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बाटो बिराएकाहरु सच्चिएर आएमा ठाउँ दिने बताएका छन् । उनले निर्वाचन आयोगमा हस्ताक्षर सनाखत गराएर फर्किने क्रममा यस्तो बताएका हुन् ।

‘उहाँहरु आफैं बाटो बिराएर जानु भएको हो, हामीले घोक्र्याएर पठाएका होइनौं’ उनले महन्थ ठाकुरहरुप्रति संकेत गर्दै भने, ‘बिराएको बाटो सच्याएर र सार्वजनिक आत्मालोचना गरेर आए पार्टी हो ठाउँ दिन्छ ।’

उनले ठाकुर लगायतले प्रतिगमनकारीलाई साथ दिएको भन्दै त्यो पार्टीको नीति तथा सिद्धान्त विपरित भएको पनि बताए । यादवले पार्टी छिट्टै शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७