भारतमा १३२ दिनपछि थप कोरोना संक्रमितको संख्या ३० हजार भन्दा कम


१२ श्रावण २०७८, मंगलवार
korona india 1

नयाँदिल्ली, १२ साउन । भारतमा पछिल्लो २४ घण्टामा थप २९ हजार ६८९ जनामा कोरोना संक्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएको छ ।

यहाँ १३२ दिनपछि थप कोरोना संक्रमितको संख्या ३० हजारभन्दा कम भएको पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा तीन लाख ९८ हजार १०० जना सक्रिय संक्रमित रहेका जनाइएको छ । गत २४ घण्टाको अवधिमा भारतमा कोरोना संक्रमणको कारण ४१६ जनाको मृत्यु भएको छ । यससँगै यहाँ कोरोना सुरु भएदेखि हालसम्म कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख २१ हजार ३८२ पुगेको पनि स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएको छ ।

गत २४ घण्टामा यहाँ ४२ हजार ३६३ जना व्यक्ति कोरोनामुक्त भएपछि कुल तीन करोड ६ लाख २१ हजार ४६९ व्यक्ति कोरोनाभाइरसमुक्त भएका छन् । संक्रमणमुक्त भएकाहरुको यो संख्या ९७.३९ प्रतिशत हो ।

अधिकारीहरूका अनुसार भारतमा अहिलेसम्म ४४ करोड १९ लाखभन्दा बढी डोज खोप कोरोनाभाइरसविरुद्ध लगाइएको छ । त्यसैगरी, देशभरि अहिलेसम्म ४५ करोड ९१ लाख व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । रासस / एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७