तालिबान विद्रोही नेताहरू चीन भ्रमणमा


१४ श्रावण २०७८, बिहीबार
taliban china foreign ministry meeting Kb2k6uQzhQ

काठमाडौं, १४ साउन । अफगानिस्तानका विद्रोही समूह तालिबान र चिनियाँ विदेशमन्त्री वाङ यी बीच भेटवार्ता भएको छ । तालिबानका सह–संस्थापक तथा मुख्य वार्ताकार मुल्ला अब्दुल गनी बरादार नेतृत्वको तालिबान प्रतिनिधि मण्डललाई चीनले स्वागत गरेको हो ।

बरदारको टोलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग चीनको थियान्चिन सहरमा वार्ता गरेको तालिबानलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीन र तालिबानबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण मानिएको छ । पछिल्लो समय अफगानिस्तानबाट अमेरिकी सेना बाहिरिन थालेसँगै तालिबानले आफ्नो पक्कड बढाउँदै लगेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७