६५ किलो लागुऔषध गाँजासहित दुई जना पक्राउ


१४ श्रावण २०७८, बिहीबार
ganja pakrau V7kxBbHKD8 scaled

हेटौंडा, १४ साउन । मकवानपुरको नेवारपानीबाट ६५ किलो लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीबाट बुधबार राति करिव १२ः४० बजेको समयमा सो परिमाणको गाँजासहित चितवन भरतपुर महानगपालिका–२० चनौली बस्ने वर्ष ३८ को रोशन परियार र मकवानपुरको राक्सिराङ गाउँपालिका–६ बस्ने वर्ष ४३ को ललित तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने नेवारपानीस्थित सडक खण्डमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मनहरीबाट हेटौडातर्फ आउँदै गरेको बा ११ च ९५०९ नम्बरको स्कारपियो गाडीबाट सो परिमाणको लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उक्त स्कपियोलाई रोकी चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा ६५ किलो फेला परेको चालक परियार र स्कार्पियोमा सवार तामाङलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक रिमालले बताए । उक्त लागुऔषध गाँजा, स्कार्पियो र पक्राउ परेका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका कार्य अघि बढाइएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७