इन्टरनेसनल स्पेस स्टेसन ठूलो दुर्घटनाबाट जोगियो, ४५ मिनेटसम्म नासाको नियन्त्रण बाहिर


१५ श्रावण २०७८, शुक्रबार
iaa keDj2TwcrT

काठमाडौं, १४ साउन । अन्तरिक्षमा रहेको इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) मा बिहीबार ठूलो दुर्घटना टरेको छ । आफ्नो कक्ष (अर्बिट) मा जुन ठाउँमा रहनुपर्ने त्यहाँबाट आईएसएस ४५ मिनेटसम्म हटेको थियो ।

पछि नासाको कन्ट्रोल सेन्टरमा रहेका फ्लाइट टिमले कन्ट्रोल थ्रस्टर्सको मद्दतले स्टेसनलाई त्यसको सही स्थानमा लगेको थियो । स्टेसन आधा डिग्री प्रति सेकेन्डको गतिले आफ्नो वास्तविक ठाउँबाट हटेको थियो ।

नासाका अनुसार यो घटना रुसी ल्याब्रेटरी मोड्यूल नाउकामा प्राविधिक गडबडी देखिएपछि भएको थियो । नाउका हालै मात्र आईएसएससँग जोडिएको हो । यसका जेट थ्रस्टर्स आफै चालु भएको थियो । यसले गर्दा आईएसएस अमेरिकी स्पेस एजेन्सी नासाको नियन्त्रण बाहिर पुगेको थियो । आईएसएसमा हाल ७ जना अन्तरिक्ष यात्रीहरू छन् ।

जति बेला यो घटना भयो, त्यतिबेला नासाले बोइङ सीएसटी–१०० स्टार लाइनर क्याप्सुललाई लञ्चका लागि काउन्टडाउन सुरु गर्नुपर्ने थियो । त्यो पनि आईएसएससँग जोडिनु पर्ने थियो । अब त्यसको लञ्चलाई ३ अगस्तमा तय गरिएको छ । स्टार लाइनरलाई फ्लोरिडाको क्यानेडी स्पेस सेन्टरबाट बोइङ लकहिड मार्टिन कर्प एटलस भी रकेटबाट लञ्च गरिनुपर्ने थियो ।

नासाका अनुसार स्टेसनमा अहिले दुई रुसी, तीन अमेरिकी, एक जापानी र एक फ्रेन्च अन्तरिक्ष यात्री रहेका छन् । ४५ मिनेटको घटनाका दौरान जमिनमा रहेका टोलीसँग उनीहरूको सम्पर्क दुई पटक टुटेको तर खतराभन्दा भने बाहिर नै रहेको बताइएको छ । नाउका मोड्युलको थ्रस्टर्समा कस्तो समस्या देखिएको भन्नेबारे विस्तृत विवरण आएको छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७