नबिल बैंकले सहज कृषि कर्जा प्रदान गर्ने


१५ श्रावण २०७८, शुक्रबार
DSC 7174 y7VluF5Ahj

काठमाडौं, १५ साउन । नबिल बैंक र डीभी एक्सिलसबीच खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुको लागि सहज कृषि प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।

सम्झौता पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र डीभी एक्सिलसका निर्देशक देवेश प्रधानले हस्ताक्षर गरेका छन्।

सो रणनीतिक साझेदारी अन्तर्गत किसानहरूलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज वित्तीय पहुँच प्रदान गर्न सहज हुने नबिल बैंकले जनाएको छ। यसै गरी, किसानहरूले डीभी एक्सिलसबाट प्राविधिक सहयोग र बजारको सुनिश्तिताबाट लाभ लिन सक्नेछन्।

त्यसक्रममा बैंकका कार्यकारी अधिकृत शाहले भने, ‘नबिल बैंकले सदैब दिगो बैकिङ्गलाई प्राथमिकता दिइरहेको छ र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पु¥याउने विश्वास गर्दछ जुन नेपालको कुल ग्राहृश्थ उत्पादनको प्रमुख योगदान गर्ने क्षेत्र हो। हामी डी भी एक्सिलस सँगको यस सहकार्य द्वारा कृषकहरुको आवश्यकता अनुसार कृषि कर्जा प्रदान गरि उनीहरुको उत्पादन क्षमता वृद्धि गरि देशको आर्थिक विकासमा योगदान पुराउदै समाजमा स्वस्थ्य र स्वच्छ तथा अर्गानिक उत्पादनको पहुँच पुर्याउने अभियानमा सहकार्य गर्न पाउदा उत्साहित छौं।’

साझेदारीसँगै, नबिल बैंकले कृषि क्षेत्रमा प्राविधिक ज्ञानको साथ व्यवसाय विकास कार्यक्रमको मिश्रण गरि कृषकलाई गुणात्मक कृषि सरसाधानको सहज उपलब्धता र सहज वित्तिय पहु‘च मार्फत परम्परागत वित्तिय लगानी प्रक्रियाको अन्त्य गर्दै एक नविन सुरुवात गरेको जनाएको छ।

त्यस्तै, सहकार्यको बारेमा बोल्दै डीभी एक्सिलसका निर्देशक देवेश प्रधानले भने ‘यस सहकार्य को माध्यमबाट डी भी एक्सिलस सक्रिय रूपबाट आफ्नो ‘केएचइटीआई एप’ को माध्यमबाट नेपाली किसानहरुलाई सहज डिजिटल कर्जा प्रदान गर्ने काम गरिरहेको छ। यस सहकार्यको मुख्य उद्देश्य सरल डिजिटल प्रक्रियाको माध्यमबाट नेपालको किसानहरुलाई सहजै वित्तिय पहुँच प्रदान गर्नु हो, जसले साना कृषकहरुलाई नवीनतम टेक्नोलोजी, उपकरण, मशीनरी, प्रविधि र सरसधानको प्रवाह लाई प्रोत्साहित गर्दछ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७