मेलम्चीमा फेरि बाढी : ‘रेडियो मेलम्चीको’ भवनसहित १२ घर र झोलुङ्गे पुल बगे


१७ श्रावण २०७८, आईतवार
home
af9Ln] d]nDrLdf !! 3/ Iflt l;Gw’kfNrf]s, !& ;fpg M zlgaf/ /fltb]lv cfPsf] af9Ln] d]nDrL !! 3/ Iflt . t:jL/ M b]j/fh ;’j]bL÷/f;;

काठमाडौं, १७ साउन । अविरल वर्षातका कारण गए राति (शनिबार) बेलुकी हेलम्बु हुँदै उर्लिएर आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरको तटीय क्षेत्रमा थप क्षति पुर्‍याएको छ ।

बेलुकी साढे नौ बजेतिर आएको बाढीले हेलम्बुको किउल क्षेत्रमा ६ र मेलम्ची नगरको मेलम्ची बजारका ६ घर बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिएका छन् । त्यस्तै हेलम्बु–४ ग्याल्थुम बजार जोड्ने झोलुङ्गे राताे पुल बाढीले बगाएको छ । ‘पाँच वटा कच्ची र ७ वटा पक्की गरी एक दर्जन घर मेलम्चीले बगायो, ग्याल्थुम बजारका ४० घर जोखिममा छन्,’ उनले भने ।

हेलम्बु किउलका तिम्बु ,ग्याल्थुम र मेलम्ची नगरको बजार क्षेत्रका स्थानीय मेलम्ची नदीको सतह बढेको खबर स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीबाट पाएपछि सुरक्षित स्थानमा सरेका थिए । ‘मेलम्ची बजारमा साइरनकै कारणले सबै सतर्क भए, मानवीय क्षति हुन पाएन,’ उनले भने । बाढीले मेलम्ची बजारमा रहेको रेडियो मेलम्चीको भवन ढालेको थियो ।

यसअघि गत असार १ मा पनि मेलम्चीमा बाढी आएको थियो । प्रहरीको तथ्यांकअनुरूप असार १ को बाढीले हेलम्बु गापाका स्थानीय र मेलम्ची खानेपानी आयोजनामा काम गर्नेमध्ये पाँचले ज्यान गुमाए, २० जना अझै भेटिएका छैनन् ।

बर्खा रोकिए पनि बाढीले खोलाको सतह घटबढ भइरहेकाले स्थानीय अझै त्रस्त छन् । मेलम्ची सडकखण्डबाट हेलम्बु जोड्ने मोटरेबल पुल बाढीले हानेर थप क्षतिग्रस्त बनाएको छ । ‘यो पुल बगे अन्य स्थानीय तहसँग हेलम्बुको सम्पर्क पूरै टुट्ने डर छ,’ स्थानीय अर्जुन भण्डारीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७