भैंसे–भीमफेदी सडक अवरुद्ध, सवारी साधन अलपत्र


१८ श्रावण २०७८, सोमबार
pahiro parbat

मकवानपुर, १८ साउन । भैंसे–भीमफेदी सडकखण्डको धोर्सिङमा गए राति गएको ठूलो पहिरोले आज बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ ।

भीमफेदी गाउँपालिका–६ धोर्सिङलगायत अन्य पाँच स्थानमा ठूलो सानो पहिरो गएका कारणले भीमफेदी–कुलेखानी हुँदै काठमाडौंतर्फ जाने सुमो जीपलगायत अन्य हल्का सवारी पनि भैंसेदेखि पान्द्राङसम्म लाइनबद्ध भएर प्रतीक्षामा रहेका इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनले धोर्सिङलगायत अन्य स्थानमा दुई स्काभेटरले पहिरो पन्छाउने कार्य गरिरहेका र पहिरो पन्छाउन अझै तीन÷चार घण्टा लाग्ने भएकाले काठमाडौं जाने यात्रुलाई निकै कष्ट भोग्नुपर्ने बाध्यता भएको जनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७