महन्थ ठाकुरको रिटको सुनुवाइ पनि न्यायाधीश खतिवडाकै इजलासमा


१८ श्रावण २०७८, सोमबार
mahantha thakur

काठमाडौं, १८ साउन । जनता समाजवादी पार्टी (जसपा) बाट आधिकारिकता खोसिएपछि दलविहीन बनेका महन्थ ठाकुरले दायर गरेको रिटको सुनवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा उक्त रिटको पेसी तोकिएको हो ।

निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई पार्टी आधिकारिकता दिएपछि ठाकुर पक्ष दलविहीन छ । त्यही निर्णयले आफूमाथि अन्याय भएको जिकिरसहित ठाकुरले आयोग र यादव पक्षलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए ।

उनले निर्वाचन आयोगको निर्णय रोक्न माग गर्दै र आयोगको निर्णयपछि दायर गरेका दुवै रिटलाई एकै ठाउँ राखेर सुनुवाइ हुने भएको छ । यसैबीच तत्कालीन नेकपा खारेजीमा परेसँगै केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले प्रवेश गरेका माओवादी केन्द्रका चारको नेताहरुको रिटको सुनुवाइ पनि खतिवडाको इजलासमै हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७