ठूलो परिमाणको लागुऔषधसहित युवक पक्राउ


१८ श्रावण २०७८, सोमबार
drug

सिरहा, १८ साउन । प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । सिरहाको नवराजपुर गाउपालिका–५ बस्ने २६ वर्षीय प्रभु नारायण सिंह राजपुत भारी मात्रामा लागूऔषधसहित पक्राउ परेका हुन् । सिरहाको लहान नगरपालिका–१ बाट इलाका प्रहरी कार्यालय लहान र जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

भारतीय नाका हुँदै लहान आउँदै गरेको को २६ प १८९ नं. को मोटरसाईकल चेकजाँच गर्ने क्रममा राजपूतलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

उनको साथबाट नाइट्रोभेट १० लेखिएको ४ हजार,७ सय ४० वटा ट्याबलेट, डाईजेपाम लेखिएको १ सय ९४ एम्पुल, फेनारगन लेखिएको १ सय ९४ एम्पुल, नाम लेवल नभएको १ सय ९४ एम्पुल, डाईलेक्स डिसी (१०० एक एल) लेखिएको लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्त एवम प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताए ।

पक्राउ परेका राजपुत र लागुऔषधसहितको मोटरसाइकल आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यलाय लहानको नियन्त्रणमा रहेको जिल्ला प्रहरी सिरहाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७