बागमती नदीमा हाम फालेकी महिलाको जीवितै उद्धार


१९ श्रावण २०७८, मंगलवार
dubera death

जनकपुरधाम, १९ साउन । सर्लाहीस्थित बागमती नदीमा हाम फालेकी एक महिलाको उद्धार गरिएको छ । बागमती नगरपालिका–१२ स्थित बागमती नदीमा हाम फालेकी रौतहटकी महिलाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

हाम फालेपछि खोलाले बगाइरहेको समयमा रौतहटको वृन्दावन नगरपालिका–२ बस्ने रामबाबु पटेलकी पत्नी धनपतियादेवीको जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । उद्धार गरिएकी महिलालाई परिवारको जिम्मा लगाइएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७