मानसिक रुपमा अस्वस्थ युवतीलाई अपहरण गरी बलात्कार


२३ श्रावण २०७८, शनिबार
rape

बाँके, २३ साउन । बाँकेमा मानसिक रुपमा अस्वस्थ एक २५ वर्षीया युवतीको अपहरणपछि बलात्कार भएको छ ।
राप्तीसोनारी गाउँपालिका–२, माथेबासस्थित २५ वर्षीया खत्री थरकी एक युवतीलाई घर नजिकैको खैरिखेलामा घाँस काट्दै गरेका बेला जङ्गलमा लगेर बलात्कार गरिएको स्थानीय प्रहरीले जानकारी दिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिमतिरबाट मोटरसाइकलमा आएका एक व्यक्तिले विभिन्न प्रलोभन देखाएर युवतीलाई फिल्मी शैलीमा आफ्नो सवारीमा चढाउँछन् ।

युवतीले मोटरसाइकलमा चढ्न अस्वीकार गर्छिन् तर, सुनसान साँझमा उनले अस्वीकार गरेको दृष्य कसैले देख्दैन । मानसिक रुपमा अस्वस्थ ती युवतीलाई दाङतिर लग्दै गरेको फुटेज अगैयामा रहेको सिसिटिभी क्यामेरामा पनि कैद भएको प्रहरीको भनाइ छ ।
करिब रातिको ७ बजे अगैया र कुसुमबीचको जङ्गलमा ती युवतीलाई एक्लै छाडेर आफू भाग्छन् । युवतीका परिवारले आफ्नी छोरीलाई युवाले जबरजस्ती करणी गरेर जङ्गलमा छाडेको दाबी गरेका छन् । ‘रातिमा ललाइफकाइ गरेर जबरजस्ती करणी गरेछ,’ युवतीकी आमाले भनिन्, ‘करणी गरेर केरासँगै पैसा दिएर जङ्गलमै छाडेछ ।’

त्यस साँझ ती युवाले आफूलाई अनैतिक कार्य गरेको उनले आमालाई बताएकी छिन् । राति १५० रूपैयाँ दिएर एक्लै घना जङ्गलमा छाडेको पीडित युवतीलाई उदृढ गर्दै आमाले भनिन्, ‘दाङको लमही बजार घुमाउनेलगायत विभिन्न आश्वासन दिएको थियो ।’ युवतीको शरीरमा बाहिरी चोट पटक भने केही नभएको परिवारले जानकारी दिएको छ ।

ती युवकले अपहरण शैलीमा युवतीलाई लगेर जङ्गलमा बलात्कार गरेको देखिएको प्रहरीले बताएको छ । प्रहरीले युवतीको स्वास्थ्य परीक्षण गराएको छ । ‘छोरी मानसिक रुपमा अस्वस्थ छ,’ आमाले भनिन्, ‘जसले जता भन्यो उतै जान्छे । तर त्यस दिन भने उसले इन्कार गरेको बताएकी छ ।’ ‘सायद छोरीले कराउने, चिच्याउनेलगायतका क्रियाकलाप गरेको भए ज्यानै जाने रहेछ,’ उनले भनिन्, ‘तर धन्न पापीले छाडिदिएछ ।’

चराउन लगिएका गाईभैंसी हराएपछि खोजीका लागि जङ्गल गएका स्थानीयले युवतीलाई राति करिब ७ बजेतिर स्यानीखोलाका स्थानीयहरूले फेला पारेका थिए । जङ्गलमा गाउँले भएको थाहा पाएको हुनाले त्यहाँबाट उक्त युवा भागेको हुनसक्ने आफन्तको अनुमान छ ।

युवतीलाई अहिले आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक होमप्रसाद चौधरीले जानकारी दिएका छन् । ‘ती युवतीले केटालाई चिन्दिनन्,’ प्रहरी निरीक्षक चौधरीले भने, ‘सिसी क्यामेरा हेर्दा त्यहाँ मोटरसाइकल नम्बर पनि देखिँदैन ।’ युवतीलाई लिएर जङ्गलमा छाड्ने युवालाई पत्ता लगाउन कठिन भए पनि यस विषयमा अनुसन्धान र खोजतलास भइरहको उनले बताएका छन् । (गोपनियताका कारण यहाँ युवतीको परिवारका कसैको नाम पनि उल्लेख गरिएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७