ह्वातै घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


२४ श्रावण २०७८, आईतवार
gold

काठमाडौं, २४ साउन । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ ह्वातै ओरालो लागेको छ । हप्ताको पहिलो दिन आज सुनको भाउ १५ सय रुपैयाँले घटेको छ ।

अस्ती शुक्रवार तोलामा ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १५ सय रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति पनि सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको थियो ।

महासङ्घका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा सुनमा भन्दा शेयर बजारमा आकर्षण बढ्दो छ । सुनमा लगानी घट्दा भाउ पनि घट्न पुगेको विश्लेषण गरिएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलाको १२ सय ४० रुपैयाँ छ । अस्ती चाँदी तोलामा १२ सय ६५ रुपैयाँ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७