कोश्वरमा गोर्खाज फाइनान्सको एक्सटेन्सन काउन्टर


२५ श्रावण २०७८, सोमबार
gurkhasfinance 23 scaled

काठमाडौं, २५ साउन । गोर्खाज फाइनान्स लिमिटेडले काठमाडौंको कोटेश्वरमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । फाइनान्सले सोमबार एक कार्यक्रम गरी काठमाडौं महानगरपालिका वडा न. ३२ स्थित कोटेश्वरको ग्रामर कलेज नजिककै एक्सटेन्सन काउन्टरको सञ्चालनमा ल्याएको हो ।

उक्त काउन्टरको फाईनान्सका अध्यक्ष यादवचन्द्र राई र जेष्ठ नागरिक डम्बर बहादुर तुम्बाहम्फेले संयुक्त रूपमा उद्दघाटन गरेको गरेका थिए । कार्यक्रममा फाईनान्सका कार्यकारी प्रमुख अधिकृत लालबहादुर थिङ्ले फाईनान्सको बारेमा जानकारी गराए ।

यस्तै कार्यक्रममा गोर्खाज समुहका अध्यक्ष पुरन्जन राई, फाइनान्सका बोर्ड अफ डिरेक्टर डेकिन्द्रकुमार राई, साल्पा विकास बैंकको निर्देशक रमेश राई लगायतको उपस्थित रहेका थियो । फाइनान्सले निःशुल्क डेबिट कार्ड, इन्टरनेट बैंकिङ, एविविएस सेवा, चेक बुक, कनेक्ट आई।पि।एस। तथा रेमिटेन्स सेवा दिँदै आएको छ ।

हालसम्म फाईनान्सले मुख्य कार्यालय सहित २५ वटा शाखा कार्यालयहरू हेटौडा, रवि, बिर्तामोड, दमक, इटहरी, धरान, भेडेटार धनकुटा, भोजपुर, छप्रादी सिराहा, बनेपा, वीरगन्ज, नारायणघाट, पोखरा, लखनचोक बुटवल, विजौरी दाङ, नेपालगन्ज सुर्खेत, चौमाला कैलाली, बेलटार उदयपुर तथा काठमाडौँ उपत्यकाभित्र डिल्लीबजार, बौद्ध, गोंगबु, न्युरोड, सातदोबाटो र भक्तपुर गरी देशको सातै वटा प्रदेश मार्फत सर्वसाधारणलाई सेवा दिई रहेको छ ।

gurkhasfinance 5

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७