यस्तो छ अर्थमन्त्रीद्वारा जारी देशको आर्थिक ‘श्वेतपत्र’ (पूर्णपाठ)


२६ श्रावण २०७८, मंगलवार
janardan sharma 111

काठमाडौं, २६ साउन । अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्था जानकारी गराउन ‘श्वेत पत्र’ जारी गरेका छन् । आज (मंगलबार) को प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले ‘देशको आर्थिक अवस्थाको जानकारी’ शीर्षकमा श्वेत पत्र प्रस्तुत गरेका हुन् । उनले देशको सञ्चित कोष एक खर्ब ४३ अर्बले घाटामा रहेको जानकारी गराएका छन् ।

२०७४ सालमा तत्कालीन सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६ / ७७ मा २ खर्ब १६ मा पुगेको मन्त्री शर्माले स्मरण गराएका छन् । मन्त्री शर्माले स्रोतसँग मेल नखाने गरी प्रचारात्मक ढंगले बजेटको आकार वृद्धि हुँदै आएको बताएका छन् ।

आर्थिक वर्ष अन्तिममा खर्च गर्ने प्रवृत्तिले वित्तीय अनुशासन थिलथिलिएको शर्माले श्वेतपत्रमा उल्लेख गरेका छन् । यसअघिको सरकारले बजेटभन्दा बाहिर गएर सडकमा लागि ३ खर्ब र रेलमार्गका लागि ५७ अर्ब बजेटको स्रोत सुनिश्चित गरेको श्वेतपत्रमा उल्लेख गरेका छन् । बजेट परिचालनमा अनुशासन नहुँदा बजेट योजना र वित्तीय उत्तरदायित्वमा विचलन आएको शर्माले बताएका छन् ।
जीडीपीमा घट्यो कृषिको योगदान
अर्थमन्त्री जनार्दन शर्माले जारी गरेको श्वेतपत्रमा कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान घटेको छ । गत वर्षसम्म जीडीपीमा २६ प्रतिशत रहेकोमा यो वर्ष २५ प्रतिशत मात्रै रहने देखिएको उनले बताए ।

त्यस्तै मूल्यवृद्धि समेत बढी रहने अनुमान देखिएको छ । गत वर्षको तुलनामा यो वर्ष पेट्रोलियम पदार्थको मूल्य बढेकाले मूल्यवृद्धि हुने देखिएको उनले बताए ।
हेर्नुस् पूर्णपाठ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७