लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन : सत्तापक्ष नै अनुपस्थित, मुख्यमन्त्रीद्वारा राजीनामा


२७ श्रावण २०७८, बुधबार
Lumbini Pradesh Sabha

बुटवल, २७ साउन । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन शुरु भएको छ । बुटवलस्थित प्रदेशसभा भवनमा भएको विशेष अधिवेशनमा सत्तापक्ष नेकपा (एमाले) का सांसदहरू अनुपस्थित भएका छन् ।

प्रदेशसभामा आज मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदैछ । विपक्षी गठबन्धनका दलहरूले उहाँविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्दै माओवादीका केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

अविश्वासको प्रस्ताव पेश हुनुअघि नै मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलको राजीनामा आएको जानकारी प्रदेश प्रमुखले फोनमार्फत गरेको सभामुख पूर्णबहादुर घर्तीले सदनमा बताए । यसअघि सभामुख घर्तीले सत्ता पक्षले बहिस्कार गरे पनि प्रदेशसभा बैठक जारी रहने बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७