मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेस, सत्ता पक्ष अनुपस्थित


२७ श्रावण २०७८, बुधबार
Lumbini Pradesh Sabha

बुटवल, २७ साउन । मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा प्राप्त नभएको भन्दै लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशनमा पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ ।

प्रदेश सभाको आज (बुधबार) दिउँसो बसेको बैठकमा अविश्वासको प्रस्ताव पेस भएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिएका छन् । तर, सो प्रदेश सभाको बैठकमा सत्तारुढ नेकपा एमाले भने अनुपस्थित भएको छ । एमालेका ३८ सांसद छन् ।

मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा प्राप्त नभएपछि विशेष अधिवेशनमा विपक्षी गठबन्धनबाट कांग्रेसका वीरेन्द्र कुमार कनौडिया प्रस्तावक र जनता समाजवादी पार्टी (जसपा) का सहसराम यादव समर्थकमा अविश्वासको प्रस्ताव पेश भएको हो ।

कांग्रेस, माओवादी, जसपासहित राष्ट्रिय जनमोर्चाका तर्फबाट अविश्वासको प्रस्ताव पेश भएको हो । उनीहरुको पक्षमा ४१ सांसद छन् । प्रदेश सभामा जम्मा ८० जना सांसद छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७